February 10, 2025

कोरोना भाइरसबाट थप १२ हजार ३३८ जना संक्रमित

कोरोना भाइरसबाट थप १२ हजार ३३८ जना संक्रमित

काठमाडौं । कोरोना भाइरसबाट २४ घण्टामा थप १२ हजार ३३८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको विवरण अनुसार २१ हजार ७ जनाको पीसीआर परक्षण गर्दा १० हजार ५२ र ६ हजार ४९० नमुनाको एन्टीजेन परिक्षण गर्दा २ हजार २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना पुगेको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८८८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । ८ लाख १८ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जना गरी काठमाडौं उपत्यकामा ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कास्कीमा ३६६, मोरङमा ३२६, सुनसरीमा २९८, रुपन्देहीमा २०९, काभ्रेपलाञ्चोकमा १८७, कैलालीमा १७३, झापामा १७१, धनुषामा १२०, मकवानपुरमा ११६ र चितवनमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै तनहुँमा ५६, दाङमा ५२, सप्तरीमा ५१, सिरहामा ४८, पर्सामा ४५, सुर्खेतमा ४०, कञ्चनपुरमा ३७, नुवाकोटमा ३६, बाँके र सिन्धुलीमा २८÷२८ जना, सर्लाही, धादिङ, पाल्पा र डडेल्धुरामा २६÷२६ जना, बारामा २५, महोत्तरीमा २४, दोलखामा २२, धनकुटा र नवलपरासी पश्चिममा २१÷२१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content