May 20, 2025

थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएका छन् ।

देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र ६ हजार ७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९३९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ९४३ं, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु