काठमाडौ । पिछल्लाे २४ घण्टामा ५ हजार ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ३ जना संक्रमितको मृत्यु भएको छ भने ३०६ जना संक्रमित निकाे भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । संक्रमणदर २४.७४ प्रतिशत वृद्धि भएकाे छ ।