नेपाल मगर संघ ओखलढुंगाको ५औं अधिवेशन सम्पन्न

ओखलढुंगा । नेपाल मगर संघ ओखलढुंगाको ५औं अधिवेशन सम्पन्न भएको छ । शनिबार केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन प्रमुख अतिथ्यतामा मानेभञ्ज्याङ गाउँपालिका ओखरबोटमा सम्पन्न हो ।

अधिवशनको बन्द सत्रबाट निर्वाचन समितिले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सन्तोष मगर (सिनपा), रोशन पुलामी (लिखु), निर्मला रैका (चम्पादेवि) लाई निर्विरोध सिफारिस गरेको छ ।

यसैगरी अध्यक्ष भिम बहादुर क्याप्छाकी मगर, महासचिव बिष्णु पुलामी मगर, सङ्गठन सचिव सुशिला मगर, प्रचार प्रसार सचिव दान बहादुर थापा, कार्यालय सचिव भेष कुमारी मगर, कोषाध्यक्ष देवीका आले मगर, सह कोषाध्यक्ष दोलमकाजी मगर सहित २१ जनाको जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।
अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन, विशेष अतिथि १न.प्रदेशका अध्यक्ष सहित हजारौँ नेता कार्यकताको उपस्थितिमा सम्पन्न भएको छ ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *