February 10, 2025

भीमबहादुर विश्वकर्माको न्यायकोलागि बाबुराम सडकमा (फोटोफिचर)

काठमाडौं । चितवनका भीमबहादुर विश्वकर्माको न्यायको लागि जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सडकमा उत्रिएका छन् ।
विहीबार जनता समाजवादी दलित मुक्ति संगठन र जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको आयोजनामा काठमाडौंको माईतीघरमा भएको प्रदर्शनमा डा भट्टराईसहित जसपाका शिर्ष नेताहरु प्रदर्शनमा उपस्थित भएका थिए ।
विश्वकर्माको हत्यारालाई कारबाही गर्नुपर्ने जातिय हिंसा अन्त्य गर्नु पर्ने मागसहित र्याली माइतीघरबाट सुरु भएर बानेश्वर पुगि कोटसभामा परिणत भएको थियो ।
‘विश्वकर्माले जबसम्म न्याय पाउदैनन् तबसम्म न्यायको लडाई निरन्तर जारी रहने’ जसपाको युवा नेता प्रदिप घताल ‘शान्त’ले बताएका छन् ।
प्रदर्शनमा उत्रिएकाहरुले जातिय हिंसा अन्त्य गर, हत्यारालाई कारबाही गर लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

फोटोफिचर

 

 

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content