काठमाडौंमा चोरको बिग बिगी, लाखौँको सामान चोरी

 

काठमाडौं । चाडपर्वको समयमा काठमाडौंमा चोरको बिग बिगी बढेको छ । रामेछाप घर भइ हाल भिमसेन गोला डेरा गरि बस्ने तुलसा श्रेष्ठको कोठाको चाँबी तोडफोड गरी लाखाँैको सामान चोरी भएको छ । मंगलबार आफूँ अफिस गएको र छोरीहरु स्कुल गएको समयमा चोरी भएको श्रेष्ठले बताएकी छिन् ।

चोरी भएपछि श्रेष्ठ उजुरीका लागि बुधबार प्रहरी कार्यालय तिनकुने पुगेकी थिएन । प्रहरी सिसिटिभी फुटेजबाट हेर्दा अन्दाजी ४० वर्षका जड्याजस्तै देखिने व्यक्ति सरासरा घरमा पसी १ बोरा सामान बोकेर हिडेको पत्ता लगाएको छ ।

उक्त व्यक्तिको खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । त्यस्ता चोरीका उजुरी धेरै आएको र सो व्यक्तिले अन्य ठाउँमा पनि चोरी गर्ने गरेको आशंका प्रहरीले गरेको छ । सिसिटिभी फुटेजको आधारमा जसरी भए पनि उक्त व्यक्ति प्रक्राउ गर्ने प्रहरीले जनाएको छ ।

हेनुर्स भिडियो

फिचर न्युज भिडियोहरु मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *