April 22, 2025

२४ घण्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु, ४१०७ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु हुँदा ४ हजार १०७ जना थपिएका छन् । १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको र एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा १ हजार १३२ जनामा पुष्टि भएका जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३५ जना मृत्यु हुँदा हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।

हालसम्म झन्डै ४० लाख जनामा कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समयमा १ हजार ५३५ जना संक्रमणमुक्त भएसँगै हालसम्म ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् ।

यसअघि मंगलबार देशभर ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको मृत्यु भएको थियो । दिनानुदिन कोरोना संक्रमित उच्च रुपले वृद्धि हुँदै गएको छ ।

सम्बन्धित खबरहरु