कोरोना संक्रमितसँगै मृतकको संख्या पनि बढ्दै

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन उकालो लाग्दै गएको छ भने संक्रमितबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् ।

बितेको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८०८ जनाको नमुना परीक्षण भएको छ ।

फिचर न्युज मुख्य खबर शिक्षा/स्वास्थ्य समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *