पछिल्लो २४ घण्टामा १८७५ जना कोरोना संक्रमित, २९ जनाको मृत्यु,

 

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनाको कोरोना परिक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो । भाइरस संक्रमित २९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ हजार २८६ जना संक्रमण मुक्त भएका छन् ।

यससँगै पीसीआर परीक्षणबाट देशभर कोरोना संक्रमित पुष्टि हुनेको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । यस्तै एन्टिजेन विधिबाट हालसम्म ४१ हजार ४६९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हालसम्म ९ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।

फिचर न्युज मुख्य खबर शिक्षा/स्वास्थ्य समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *