February 10, 2025

उसु अवार्ड–२०७७ भव्य रूपमा सम्पन्न

काठमाडौं । उसु अवार्ड–२०७७ भव्य रूपमा सम्पन्न भएको छ । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा शनिबार भक्तपुरको सूर्य विनायकस्थित यो यो बैंक्युटमा उसु अवार्ड सम्पन्न भएको हो ।
उक्त अवार्ड कार्यक्रममा थाउलु तर्फ विजय सिन्जाली उत्कृष्ट पुरुष खेलाडी घोषित भए । थाउलुको महिला तर्फ निमा घर्ती मगर उत्कृष्ट महिला खेलाडी घोषित भइन् । यसै गरी सान्सौमा पुरुष तर्फ मङ्गल प्रसाद थारु तथा महिला तर्फ जुनी राई उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
यसै गरी दीपक हमाल उदयमान खेलाडी घोषित भए भने सुस्मिता तामाङ मस्ट भ्यालुएबल खेलाडी घोषित भइन् । उनीहरूलाई अवार्ड, नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरियो ।
कार्यक्रममा नेपाली उसुका संस्थापक प्रणिल ध्वज कार्कीलाई लाइफ टाइम एजिभमेन्ट अवार्ड प्रदान गरियो । कार्यक्रममा उसु प्रशिक्षक अमर कुमार थिङ, गणेश अर्याल, विमल थापा, मोहन बहादुर पाण्डे, प्रकाश बहादुर लामालाई प्रशिक्षकको रूपमा सम्मान गरिएको थियो । सम्मानित प्रशिक्षक तथा खेलाडीहरुलाई कार्यक्रममा प्रमुख अतिथि मन्त्री महेश बस्नेतले पुरस्कार प्रदान गरे ।
खेलाडीहरुलाई गजराज जोशी ट्रस्ट, बाबा फेसन कोल्थ, हार्डलिन्स् स्पोर्टस क्याफे, स्वप्निल साकोसबाट गिफ्ट ह्याम्पर तथा अलाईन हेल्दिनीयर, राईटमेड सर्जिकल सप्लायर्स, चेरिस ट्रेड कन्सर्न प्रा.लि., खनाल सर्जिकल सप्लायर्स तथा पमिला ट्राभल्स एन्ड टुर्स प्रा.लिले नगद पुरस्कार प्रदान गरेको हो ।
राजीव महर्जनको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा मञ्जुर महर्जनले कार्यक्रमको सभापति गरेका थिए । कार्यक्रममा प्रशिक्षक तथा राष्ट्रिय खेलाडीहरूको उपस्थिति रहेको थियो ।
अवार्ड कार्यक्रमको मुख्य प्रायोजक नागरिक विकास वचत तथा ऋण सहकारी संस्था र यो यो बैंक्युटमा भक्तपुर गरेको थियो ।
फोटो फिचर

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content