February 10, 2025

एकै दिन थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

२४ असोज, काठमाडौं । एकै दिन थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एकै दिन थप ५ हजार ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको हो । हालसम्म कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

बितेकोे २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यतिधेरै कोरोनाभाइरसबाट संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ ।

यसैगरी, संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा निको हुनेको संख्या १ हजार २२९ रहेको छ । योसँगै हालसम्म निको हुनेको कुल संख्या ७४ हजार २५२ जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या ६१४ पुगेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content