December 11, 2024

जिसस प्रमुख जयबहादुर श्रेष्ठसहित ओखलढुंगामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

२३ भदौ, ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठ र कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवारसहित ओखलढुंगामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ८१ जनाको स्वाब परीक्षण गरिएकोमा मंगलबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये सुनकोसी गाउँपालिका ६८ वर्षकी महिला र ७०, ४३, ४२ ३९ वर्षका पुरुष रहेका छन् । त्यस्तै खिजिदेम्बा गाउँपालिकाका ५२ वर्षका पुरुष, मानेभन्ज्याङ् गाउँपालिकाका २५ वर्षका पुरुष, सिराहका ३८ वर्षका पुरुष र पाँचथरका ३४ वर्षका पुरुष रहेका छन् । मानेभन्ज्याङ्, सिराह र पाँचथरका कोरोना संक्रमित नेपाल प्रहरीमा कार्यरत रहेका छन् ।

कोरोना पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासन कार्यालयका अनुसार यसअघिका ५ जना सक्रिय संक्रमितमध्ये २ जनाले स्वास्थ्य लाभ गरेका छन् । जिल्लामा हालसम्म १५ भारतीयसँगै ४० जनामा कोरोना संक्रमण भएको र हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १२ जना रहेको जानकारी दिएको छ ।

यसअघि मानेभञ्ज्याङ गाउँपालिकामा स्थानीय एक स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण हुँदा गाउँपालिकामा कन्ट्याक ट्रेसिङमा रहेका १८० जनाको स्वाब संकलन गर्दा सबैको कोरोना नेगेटिभ आएको थियो ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content