October 4, 2024

उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना थपिए कोरोना संक्रमित

उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना थपिए कोरोना संक्रमित

२१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी दिए । त्यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८९ पुगेको छ ।
डा. गौतमले पछिल्लो २४ घण्टा देशभर २९० महिला र ६९० जना पुरुष कोरोना भाइरस पुष्टि भएको बताएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । प्रवक्ताका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् ।
यस्तै आइतबार मृत्यु हुनेमा २ महिला र ७ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए । त्यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

सम्बन्धित खबरहरु

Skip to content