१३ भाद्र, काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वस्थ्य समस्या देखाउँद्यै प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । उनी केही वर्षदेखि अल्सरटिभ कोलिट्स ९ ठूलो आन्द्रा र मलाशयको भित्री र बाहिरी तहमा सुन्निने रोगबाट ग्रस्त थिए । तर, पछिल्लो समय उनको अवस्था कमजोर बन्दै गएको थियो ।
गत वर्ष उनी जापानको अहिलेसम्मकै नियमितरुपमा सत्तामा रहने प्रधानमन्त्री बनेका थिए । सन् २०१२ देखि उनी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सन् २००७ मा उनले एकाएक प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस समयमा पनि उनी अल्सर्टिभ कोलिट्सकै कारण राजीनामा दिएको जनाइएको छ । बीबीसी