September 16, 2026

सरकारद्वारा प्रदेश २ का प्रमुख बर्खास्त, नयाँ नियुक्तिका लागि हरिशंकरलाई सिफारिस

काठमाडौं । प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि हरिशंकर मिश्रलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
मिश्र महोत्तरीको पिपरा गाउँपालिकाका नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि अहिराजलाई पनि हटाएर मिश्रलाई नियुक्तिको लागि सिफारिस भएको छ ।

सम्बन्धित खबरहरु