काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा ३५ सदस्यीय टोली सहभागी हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयले भ्रमणमा जाने सरकारी अधिकारी, सल्लाहकार, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको नामावली सार्वजनिक गरेको हो।
प्रधानमन्त्री शाहको नेतृत्वमा जाने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि छन्। त्यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि भ्रमण टोलीमा समेटिएका छन्।
टोलीमा मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङसहित विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुँदैछन्।
त्यसैगरी प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका निजी सचिवालयका कर्मचारी, शिष्टाचार अधिकारी, सुरक्षा अधिकारी तथा नेपाली सञ्चारमाध्यमका प्रतिनिधि पनि भ्रमण टोलीमा रहेका छन्।
प्रधानमन्त्री शाह नेतृत्वको टोली आज अपराह्न पौने २ बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नामावली :
१. बालेन्द्र शाह – प्रधानमन्त्री
२. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की – मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
८. अमृतबहादुर राय – सचिव, परराष्ट्र मन्त्रालय
९. रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
१०. सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्डको कार्यालय
१२. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
१५. कुमारराज खरेल – शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
१६. लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय
१७. अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय
१८. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय
१९. सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
२०. दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२२. विजय राज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२३. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला – शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय
२५. मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२६. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सहयोगी सैनिक अधिकृत (एडीसी)
२७. मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२८. प्रहरी नायब उपरीक्षक दीपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२९. विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
३०. तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र
३१. कमल कुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)
३२. अशोक कुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन
३३. प्रेमराज गौतम – उपशिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
३४. मेजर रोशन केसी – प्रधानमन्त्रीका सहयोगी सैनिक अधिकृत (एडीसी)
३५. मुकेश डंगोल – महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)