काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित निकालेको छ।
कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए । रोहित पौडेल ३३ रनमा अविजित रहँदा दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। उसका लागि फेसल शिनोजादाले ३३, नजिबुल्लाह जाद्रानले ३० र नङ्गेलिया खरोटेले १७ रन बनाए।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै छ। अफगानिस्तानले यसअघि जापानलाई पराजित गरिसकेको छ। नेपालले अब शनिबार आयोजक जापानसँग समूह चरणको दोस्रो खेल खेल्नेछ।
समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। क्वार्टरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।







