October 16, 2026

रसुवाको बाढीपछि टिमुरे बीओपीका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

रसुवाको बाढीपछि टिमुरे बीओपीका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको बाढीपछि टिमुरेमा रहेको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको भए पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन।

रसुवामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण विभिन्न क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको छ भने जनजीवनसमेत प्रभावित भएको छ।

सम्पर्कविहीन सशस्त्र प्रहरीको खोजी तथा अवस्थाबारे जानकारी लिन सुरक्षाकर्मी परिचालन गरिएका छन्। यद्यपि, बाढी र प्रतिकूल परिस्थितिका कारण घटनाको विस्तृत विवरण अझै प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन सुरक्षाकर्मीको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित खबरहरु

भर्खरै