September 20, 2026

काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १५ जना घाइते

काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १५ जना घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गअन्तर्गत बुच्चाकोट क्षेत्रमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

दुर्घटनामा परेर घटनास्थलमै ८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घाइते भएका १५ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी रविन विष्टका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । मृतकहरूको पहिचान तथा दुर्घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धार टोली घटनास्थलमा परिचालित भएका छन् । घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ ।

सम्बन्धित खबरहरु