काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले अन्य राजनीतिक दलसँग एकता र सहकार्यको गर्न औपचारिक रूपमा वार्ता समिति गठन गरेको छ।
पार्टीले केन्द्रीय सदस्य रकम चेम्जोङ, रेणु यादव र डा. सुरेन्द्रकुमार झालाई वार्ताको जिम्मेवारी दिइएको छ। पछिल्लो समय मधेशकेन्द्रित दलहरूबीच राजनीतिक ध्रुवीकरणको चर्चा चलिरहेका बेला जसपा नेपालको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीच पार्टी एकता सम्पन्न भइसकेको छ । एकता पछि समायोजन प्रक्रिया पनि अगाडि बढाउन विभिन्न कार्यदल गठन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
त्यस्तै, जनमत पार्टीसँग पनि एकताको लागि छलफल गरिरहेको छ । पार्टीका नेताहरूका अनुसार अध्यक्ष तहदेखि नै संवाद भइरहेको र दुवै पक्ष सकारात्मक देखिएका छन्।







