काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। बाढीमा बेपत्ता भएकामध्ये हालसम्म उक्त संख्यामा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले १४ भदौ बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार बाढीको असर विभिन्न जिल्लामा देखिएको छ।
हालसम्म चितवनमा सबैभन्दा धेरै २५९ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।
विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य निरन्तर जारी रहेको छ। प्राधिकरणका अनुसार हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी खोजी, उद्धार र राहत वितरणको काम जारी राखिएको जनाइएको छ।


