October 15, 2026

रसुवा बाढी : भेटिए २८९ शव, खोजी कार्य जारी

रसुवा बाढी : भेटिए २८९ शव, खोजी कार्य जारी

काठमाडौं । रसुवाको भोटेकोशीबाट सुरु भई त्रिशूली नदी हुँदै तटीय क्षेत्रसम्म फैलिएको भीषण बाढीमा परि बिहीबार दिउँसो ३ बजेसम्म  २८९ जनाको शव फेला परेको छ।

आठ जिल्लाका नदी किनारमा शव फेला परिरहेका छन्। प्राप्त विवरणअनुसार सबैभन्दा धेरै चितवनमा १२१ जनाको शव फेला परेको छ। त्यसपछि पूर्वी नवलपरासीमा ६५ जना, धादिङ र गोरखामा २९÷२९ जना, तनहुँमा १६ जना, पश्चिम नवलपरासीमा १४ जना, नुवाकोटमा १२ जना तथा रसुवामा ३ जनाको शव भेटिएको छ।

भीषण बाढीपछि बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली विभिन्न क्षेत्रमा परिचालन भएर नदी किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरिरहेको छ।

बाढीमा बेपत्ता भएकाहरूको खोजी जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। उद्धार तथा खोजी कार्यमा सुरक्षाकर्मी निरन्तर खटिएका छन्।

सम्बन्धित खबरहरु

भर्खरै