September 20, 2026

रोल्पामा मेला भर्न जाँदै गरेको जिप दुर्घटना २० जनाको मृत्यु

रोल्पामा मेला भर्न जाँदै गरेको जिप दुर्घटना २० जनाको मृत्यु

रोल्पा । वैशाख पूर्णिमाको अवसरमा लाग्ने जलजला मेलामा सहभागी हुन गइरहेका यात्रु बोकेको जिप दुर्घटनामा हुँदा २० जनाको मृत्यु भएको छ ।

रुकुमपूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा आउँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट करिब ८ सय मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनास्थलमै १७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने थप उद्धार कार्य जारी छ । घटनास्थल दुर्गम र कठिन भौगोलिक अवस्थामा रहेकाले उद्धारमा चुनौती थपिएको जनाइएको छ।

उद्धारका लागि रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली खटिएको छ । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबरहरु