काठमाडौं । जनसार्क समन्वय मञ्च नेपालको सभापतिमा हरिबहादुर विसी चयन भएका छन् । साप नेपाल बबरमहल काठमाडौँमा भएको आठौं वार्षिक साधारण सभाले सभापतिमा हरिबहादुर विसीलाई सर्वसहमत चयन गरेको हो ।
साधारण सभाले वरिष्ठ समाजसेवी तथा पूर्व प्रशासक विसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपसभापतिमा उमा तिमल्सिना मरहठ्ठा, महासचिव भरत ढकाल, कोषाध्यक्ष दिनदया रिजाल, सचिव तथा प्रवक्तामा विजया खनाल र अन्तर्राष्ट्रिय सचिवमा डा.धम्रेन्द्र यादव निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा रामेश्वर घिमिरे, कमलबाबु परियार, नरबहादुर लिम्बू, बालकृष्ण प्रसाद र निना रिजाल चयन भएका छन् ।
साधारण सभाले ९ सदस्यीय सल्लाहकार चयन गरेको छ । सल्लाहकारमा डा. भरत बडाल, देवराज ढकाल, उदय के.सी., कृष्णप्रसाद घिमिरे, प्रझुमन चौधरी, मिलन वि.क., देवी खड्का, कालीबहादुर विश्वकर्मा र तुल्सिप्रसाद तिमल्सिनालाई चयन गरेको छ ।
साधारण सभाले सार्क राष्ट्रमा पर्यटन र पर्यावरण विषयमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
मञ्च अध्यक्ष विसीले सार्क राष्ट्रहरुमा पर्यटन सम्बन्धि विभिन्न कार्यक्रम गरि सार्क राष्ट्रबाट धेरै भन्दा धेरै पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको बताए । उनले दक्षिण एसियाली राष्ट्रका समुदायबीच मुमधुर सम्बन्ध कायम गरि राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा विभिन्न कार्यक्रम आयोजना गर्ने योजना रहेको बताएका छन् ।