March 16, 2025

छोरीको आवाज

छोरीको आवाज

टेक नेपाल

ममी, ड्याडी, पापा
म घर जाने
डाक्टर आउनु भो
कान्छो बा लाई भन्दिन्छु
पुलिसलाई बोलाइदिन्छु

म सानी छु
मलाई सुई हान्दा दुख्छ
म ज्ञानी छु
तर पनि मलाई चकचक गर्न मन लाग्छ

हो डाक्टर मलाई
तमन जेरी हेर्न मन लाग्छ
मलाई ड्रोइङ गर्न मन लाग्छ
डाक्टर, मलाई अस्पताल बस्न हैन
घर जान मन लाग्छ

डाक्टर हजुरले मलाई चेक गरेर हेर्दा
घरमा पापासँग जिस्के जस्तै लाग्छ
सास फेर्दै, रोक्दै गरेको
याद आउँछ

सिस्टरले मेरो हात, खुट्टामा सुईले घोच्दा
सुई हान्ने सिस्टरलाई देख्ने बित्तिकै
गो आउट, गो वोए eg]/
मेरो दुखाईका आवfज आइदिन्छन्

तर मेरो बाध्यता छ
डाक्टर म निको भएर घर जानु छ
स्कुल गएर
डाक्टर हैन आकाशमा प्लेन
उडाउने मन छ

त्यही भएर म सानी छु
मलाई सुई हान्दा दुख्छ
म ज्ञानी छु
तर पनि त मलाई चकचक गर्न मन लाग्छ

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content