June 15, 2025

उसु खेलाडीलाई बिदाई

उसु खेलाडीलाई बिदाई

काठमाडौं । चीनको छेन्दु शहरमा यहि २०२३ जुलाई २६ देखि अगष्ट ८ सम्म हुने 31st Summer Universiade Game 2021 को लागि नेपाल उसु महासंघले ४ खेलाडीलाई बिदाइ गरेको छ ।

बिदाई तथा शुभकामना कार्यक्रममा नेपाल उसु महासंघका उपमहासचिव राजिव महर्जन, महासंघका सचिव नवीन बस्नेत, मुख्य प्रशिक्षक अमर कुमार थिङ्ग, सहायक मुख्य प्रशिक्षक गणेश अर्याल, सहायक प्रशिक्षक शैलेन्द्र श्रेष्ठ, सहायक प्रशिक्षक रोशन बुढाथोकी लगायतको उपस्थितीमा रहेको थियो ।

सहभागी ४ खेलाडीमा बिजय सिन्जाली, निमा घर्ती मगर, पासाङ्ग शेर्पा र जुनु स्याङ्बो रहेका छन । बिजय सिन्जाली १३ औं साग गेमको स्वर्ण पदक विजेता हुन भने निमा घर्ती मगर १२ औं र १३ औं साग गेममा स्वर्ण पदक बिजेता खेलाडी हुन् । बिजय, निमा र पासाङ्ग चीनमा हुन गैरहेको १९ औं एशियाली खेलकुदको लागि पनि छनोट भएका खेलाडी हुन् ।

कार्यक्रममा बुद्ध प्रकाश उसु क्वानका प्रशिक्षक तथा उसुका अन्तर्राष्ट्रिय निर्णायक विशाल थापा सिन्जालीले खेलाडीहरुलाइ टि सर्त हस्तान्तरण गरे ।

सम्बन्धित खबरहरु

भर्खरै