काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रममा सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताएका हुन ।
उनले कम्यनिष्ट पार्टीहरुबीच मिल्न सक्ने एकता, सहकार्य गर्न सक्नेहरु सहकार्य गरेर अघि बढ्नु पर्ने बताए ।
अध्यक्ष नेपालले कम्युनिष्टहरुलाई मिलाउन सक्यो भने धेरै शक्ति आर्जन गर्न सकिने र जति धेरै विभाजित भयो त्यत्ति धेरै नोक्शान हुने बताए ।