दाङ । दाङमा वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी माथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् ।