September 8, 2024

सुन तस्करी प्रकरणमा ६ जना पक्राउ

सुन तस्करी प्रकरणमा ६ जना पक्राउ

काठमाडौं । अवैध सुन तस्करी प्रकरणमा ६ जना पक्राउ परेका छन् । पव्रmाउ पर्नेमा एक भारतिय नागरिक सहित ६ जना पव्रmाउ परेका हुन् ।

पक्राउ पर्नेमा स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाउने हर्कराज राईलाई राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो । यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक, भन्सार एजेन्ट र ट्याक्सी चालक छन् पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ भन्सार कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो ।

बरामद भएको सुनको परिमाण एकिन भइसकेको छैन । विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content