काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्याङबाट पक्राउ परेका हुन्।
उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दामा ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दाको थुनछेक बहसपछि कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा रहेका छन् । अझै केही व्यक्ति फरार रहेका छन् ।