March 16, 2025

लेबी बुझाउन जसपाको ताकेता

लेबी बुझाउन जसपाको ताकेता

काठमाडौँ । जनता समाजवादी पार्टीले लेबी बुझाउन ताकेता गरेको छ । पार्टीका आर्थिक विभाग प्रमुख विजय यादवले पार्टीको केन्द्रीय तहका नेतालाई लेबी बुझाउन ताकेता गरेका हुन् ।

केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई बाँकी रहेको लेबी असार मसान्तभित्र बुझाइ सक्नुपर्ने भनिएको छ । जसपाले केन्द्रीय सदस्यलाई पाँच सय, राजनीतिक समितिका सदस्यलाई सात सय र कार्यकारिणी सदस्यलाई एक हजार मासिक लेबी तोकेको छ ।

अधिकांश नेताले लेबी बुझाइसकेको र केही नेताहरुले मात्र बुझाए बाँकी रहेको विभाग प्रमुख यादवले बताए । लेबी बुझाउन बाँकी रहेकालाई असार मसान्तभित्र बुझाउन पत्र पठाइएको उनको भनाइ छ । उनले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरू नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताए ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content