March 16, 2025

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको हो ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु नर्भिक अस्पतालमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका राखेर २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content