March 16, 2025

हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौं । मनाङ एयरको ९ एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

प्रहरीकाअनुसार अहिलेसम्म ५ वटा शव भेटिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content