विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी प्रदिप सुनुवारलाई दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विना विभागीय मन्त्री सुनुवारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता सुनुवारले मन्त्रिपरिषद विस्तार छिट्टै हुने बताए । उनले सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको बताए ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । कर्मचारीको सरुवा, बढुवा, तालिमलगायत वृत्तिविकासका लागि ऐन परिमार्जन गर्ने निर्णय भएको मन्त्री सुनुवारले जानकारी दिए ।
त्यस्तै बाढी र पहिरोलगायतका दैवी प्रकोपबाट हुनसक्ने सम्भावित क्षति रोक्न पूर्व तयारी गर्ने निर्णय पनि गरेको प्रवक्ता सुनवारले बताए । कोशी सरकारले रुससँग मित्रराष्ट्रका रुपमा भाइचाराको सम्बन्ध विस्तार गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।