काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको छ ।
परीक्षामा २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीएल ल्याएको छन्, जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको राष्ट्रिय परीक्षा बोर्ड बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
त्यस्तै ५५ हजार ६९ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन् भने ७२ हजार ३६२ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन् । ८९ हजार ३३१ जनाल.े २.४ देखि २.८ जीपीए ल्याएका छन् ।
सबैभन्दा धेरै १ लाख २ हजार २९३ जनाले २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी रहेका छन् । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।
यसरी हेर्न सकिन्छ नतिजा
रा एसईई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उहाँले बताउनुभयो ।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconnectplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaacademy.com, www.mypay.com.np, www.nepaleducationportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।