May 15, 2025

तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता शुरु

तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता शुरु

काठमाडौं । नेपाल उसु महासंघको आयोजनामा तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको पूर्व संघीय मन्त्री विना मगरले उद्घाटन गरिन् । उद्घाटनका अवसरमा मित्रराष्ट्र चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

२० वटा गोल्ड मेडलको लागि प्रतियोगितामा देश भरीका ३५ वटा उसु क्वान बाट २०० भन्दा बदि खेलाडिहरु उपस्थित रहेको छ । प्रतियोगितामा टिम प्रथमले तीस हजार, द्वितियलेले बीस हजार र तृतिय हुनेले १० हजारसहित गोल्डमेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलको आधारमा ४ उत्कृष्ट खेलाडी र २ उदयमान खेलाडी छानिने छन ।

प्रतियोगितको अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, चीन दूतावासका डेपुटी चिफ कन्सुलर वाङ सिन, राखेपका सदस्य एवं नेपाल उसु महासंघका अध्यक्ष जनकप्रसाद बर्तौला, राखेपका सदस्य अन्जन धमला, प्रकाशकुमार कुसारी र पेमा डोल्मा लामा, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायत उसुका वरिष्ठ प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिता ३ दिन सम्म चल्ने महासंघका महासचिब नवराज ढुंगानाले बताए ।

सम्बन्धित खबरहरु