काठमाडौं । कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । सत्तारुढ गठबन्धनको शीर्ष नेताले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कोशीमा पहिले काग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।
गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि आइतबार प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विवाद थियो । सो विवाद मिलाउन बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठकले आलोपाले प्रदेशको नेतृत्व गर्ने सहमति जुटाएका छन् । जसमा पहिले कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।