काभा वुमन्स् भलिबल च्यालेन्ज कप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

शिव बहादुर वि.क
काठमाडौं, ९ जेठ । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५–१०, २५–८ र २५–९ ले हराएको हो ।

भारत, बंगलादेश र कीर्गिस्तान रहेको समूहमा दुई खेल जितेर नेपाल सेमिफाइनल प्रवेश गरेको हो । यसअघि सोमबार नेपालले कीर्गिस्तानलाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सोमबार बंगलादेशलाई र मंगलबार कीर्गिस्तानलाई हराएको थियो । अब नेपाल र भारतबीचको खेलले समूह विजेता चयन हुनेछ ।

เราขอแนะนำให้คุณลองใช้ของเรา โป ก เกอร์ ออนไลน์

खेलकुद फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *