December 11, 2024

आज संवैधानिक परिषद्को बैठक बस्दै

आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं, २५ वैशाख । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो ।

चोलेन्द्रशम्शेर जबरा गएपछि २७ मंसिर २०७९ अनिवार्य अवकाश भए पछि  १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन ।  हाल हरिकृष्ण कार्की कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालि रहेका छन् ।

यसअघि यही वैशाख ६ गते संवैधानिक परिषद्को बैठक बसेको थियो । सो बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे सामान्य छलफल भए पनि निर्णय हुन सकने । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीश सिफारिस गर्न नहुने अडान लिएपछि बैठक निष्कर्षविहीन भएको थियो ।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने गरी प्रमुख विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश रहने व्यवस्था छ ।

सम्बन्धित खबरहरु

Skip to content