दोस्रो उपत्यका व्यापी उसु प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान च्याम्पियन

काठमाडौं, २३ वैशाख । दोस्रो उपत्यका व्यापी उसु प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान च्याम्पियन भएको छ । गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा जोरपाटी उसु क्वानको संयोजकत्वमा आयोजित दोस्रो उपत्यका व्यापी जुनियर उसु प्रतियोगिता बुुद्ध प्रकाश उसु क्वान च्याम्पियन बनेको हो ।

उपत्यकाका १९ उसु क्वानका १ सय पचास खेलाडी सहभागी भएका थिए । १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको यस प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ३ कास्य सहित बुद्ध प्रकाश उसु क्वान टिम च्याम्पियन भएको छ । त्यस्तै ५ स्वर्ण, १ रजत र ३ कास्य सहित काठमाडौ उसु क्वान दोस्रो र २ स्वर्ण, ६ रजत र ४ कास्य सहित किण्डर गार्टेन उसु क्वान तेस्रो भएको छ ।

यस प्रतियोगितामा थाउलु बिधा तर्फ बुद्ध प्रकाश उसु क्वानकी लक्ष्मी तामाङ उत्कृष्ट महिला थाउलु खेलाडी तथा किण्डर गार्टेनका सुमन तामाङ उत्कृष्ट पुरुष थाउलु खेलाडी साथै बुद्ध प्रकाश उसु क्वानकै सन्जीता ग्लानले उत्कृष्ट महिला सान्सौ खेलाडी र काठमाडौं उसु क्वानका प्रकिल महर्जनले उत्कृष्ट पुरुष सान्सौ खेलाडीको उपाधी हात पार्न सफल भएको छन् ।

च्याम्पियन टिमहरुलाई गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद समितिका अध्यक्ष संजय लामाज्युले ट्रफि सहित विजेता टिमलाई शुभकामना प्रदान गरेका थिए । उत्कृष्ठ खेलाडीलाई उसु खेलका मुख्य प्रशिक्षक अमर कुमार थिङ्गज्युले ट्रफि सहित बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

खेलकुद मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *