June 13, 2025

नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २० वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाइदिने भन्दै ठगीको आरोप एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट एमाले सचिव रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

सोही प्रकरणमा तत्कालीन गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई मंगलबार पक्राउ परेका छन् । राईका छोरा निरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । निरज फरार रहेका छन् । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको प्रहरीले जनाएको छ ।

उपराष्ट्रपति कार्यालयका सचिव तथा पूर्व गृह सचिव टेक नारायण पाण्डेलाई पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी परिसर टेकुमा बुधबार उपस्थित भएका छन् । पाण्डे आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

सो गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ १२ चैतमै पक्राउ परेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै