काठमाडौं, २० बैशाख । सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको छ । बुधबार बेसेको मन्त्रिपरिषद्को बैठकले रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षक ६ लाख र अन्य टिमका अफिसियललार्ई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय भएको ।
मन्त्रिपरिषदको बैठकले संघीय संसदको बजेट अधिवेशन २० बैशाखमा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संसद अधिवेशन आव्हान गर्ने लगायत विभिन्न ५ निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को निर्णयहरु
१. आगामी वैशाख २४ गते संसद अधिवेशन आव्हान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने ।
२. एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललार्ई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने ।
३. कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने ।
४. कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने ।
५. विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने ।