दाङ, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभा बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएको हुन् । चौधरीले मागेको विश्वासको मतको ५३ मत पक्षमा र २९ मत विपक्षमा परेको थियो ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत सत्तारुढ गठबन्धनमा रहेका ८ दलका प्रदेशसभा सदस्यले विश्वासको मत दिए । नेकपा एमालेका प्रदेशसभा सदस्यले विपक्षमा मत दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य तटस्थ बसे ।