सुख्खा पहिरोले अरुण नदी थुनियो

संखुवासभा । सुख्खा पहिाले खसेर अरुण नदी थनिएको छ । संखुवासभाको फाक्सिन्दामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा पहिरो खस्दा अरुण नदीको बहाव थुनिएको हो ।

आइतबार बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ।

अरुण थुनिँदा जलविद्युत् निर्माण स्थलमा ड्याम साइडको काम पनि रोकिएको छ। निर्माण स्थलमा निर्मित टनेल थुनिएपछि अहिले निर्माण पक्षले ड्यामसाइडबाट नदीको पानी खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका जनाएको छ ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *