‘डिजी पे’ले ल्यायो ‘फ्रान्चाइज योजना’

काठमाडौं, १५ वैशाख । भुक्तानी सेवा प्रदायक कम्पनी ‘डिजी पे’ ‘डिजी पे फ्रान्चाइज’ मार्फत ‘स्थानीय बिजनेस पार्टनरसी’ योजना ल्याएको छ।

सन् २०१७ मा स्थापित डिजी पे एक मौलिक एप हो। डिजी पे एपबाट युटिलिटी पेमेन्टबाहेक ई कमर्स, इभेन्ट तथा ट्राभल टिकट खरिद–बिक्री, डिजिटल भोटिङका साथै पहिलोपटक नगदमा समेत कारोबार गरी ग्राहक तथा व्यवसायीले हरेक खर्च तथा व्यापारमा आम्दानी गर्न सक्नेछन्।

डिजी पे एप, फ्रान्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्ण व्यापारिक योजना लागु गरी आम्दानी गर्न सक्नेछन्। कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ देखि ५ लाख रूपैयाँसम्म कमाउन सकिने कम्पनीको दाबी छ।

कम्पनी नेपालमा चलिरहेका फ्रान्चाइजीहरूमध्ये यो पहिलो र एक मात्र डिजिटल मोडलमा आधारित नौलो फ्रान्चाइज प्लेटफर्म भएको दाबी गरेको छ । नेपालमा पनि मोबाइल वालेटबाट दैनिक दुई अर्ब रूपैयाँभन्दा बढी कारोबार हुने गरेको छ र यो क्रम बढिरहेको छ। यही तथ्य ध्यानमा राखेर नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रालिले आफ्नो पहुँच मुलुकका दुरदराज गाउँसम्म विस्तार गर्न लागेको जनाएको छ।

हालसम्म १ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको डिजी पे एपमा ३ सयभन्दा धेरै व्यवसायी आबद्ध छन् । डिजी पेको यस फ्रान्चाइजलाई अझ बढी प्रभावकारी प्रचारप्रसार तथा प्रवर्धन गर्नका लागि पूर्व मिस नेपाल तथा सञ्चारकर्मी सुगारिका केसीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ।

अर्थ समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *