March 16, 2025

चितवन–२ मा रवि लामिछाने ४३ हजार बढी मतान्तरले विजयी

काठमाडौं, १२ वैशाख । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने ४३ हजार २५ मतान्तरले विजयी भएका छन् । रविले कुल ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका छन् । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गरे। यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । पहिलेको तुलनामा कांग्रेस एमालेको भोट झन कम भएको छ ।

यहि १० गते भएको उप निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो । यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content