थ्री स्टार हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, ११ वैशाख । थ्री स्टार हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता साधराण सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्कासन गर्न लागेको हो। उक्त सेयरममा खोटङको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको १ देखि ७ नम्बर वडासम्मका स्थानीयले आवेदन दिन सक्नेछन् ।

यस्तै कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको १५ प्रतिशतले हुन आउने ७ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता सेयर निष्कासन गर्नेछ । जसको १० प्रतिशतले हुने ७३ हजार ८७५ कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्कासन गर्ने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५ सय कित्तासमम दिन सक्नेछन् । त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८ सय ७५ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

अर्थ फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *