March 16, 2025

आठौं पटक मन्त्रिपरिषद् विस्तार, सरकारले पाएन अझै पूर्णता

आठौं पटक मन्त्रिपरिषद् विस्तार, सरकारले पाएन अझै पूर्णता

काठमाडौं, ३ वैशाख । आठौं पटक पन्त्रिपरिषद विस्तार गर्दा पनि सरकारले पुर्णता पाउन सकेन । परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी छन् ।

साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content