February 10, 2025

एसईई परीक्षा आजदेखि, पाँच लाख परीक्षार्थी सहभगी

एसईई परीक्षा आजदेखि, पाँच लाख परीक्षार्थी सहभगी

เราแนะนำให้คุณเยี่ยมชมและเล่นให้ดีที่สุด ไฮโล ไทย ได้ เงิน จริง

काठमाडौं, १७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । परिक्षा नियन्त्रण कार्यालयका अनुसार परिक्षा बिहान आठ बजेदेखि देशभर एकैसाथ सुरु हुनेछ ।

करिब २ लाख ६० हजार छात्र र  २ लाख ५५ हजार छात्राले एसईई परीक्षा सहभागी हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् भने सबैभन्दा कम परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् ।

एसईई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन गरिएको छ । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन गरिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिएका  छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content