काठमाडौं, १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारको सत्ता गठबन्धनको बैठकले कुन दललाई कुन मन्त्रालय दिने भन्ने टुंग्याउनको छ ।
बालुवाटार स्रोतका अनुसार माओवादी केन्द्रले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय लिएर र नेपाली कांग्रेसलाई अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय दिने सहमती भएको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादी भौतिक पूर्वाधार र वन मन्त्रालय, जनता समाजवादी पार्टी खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने सहमती भएको छ । नागरिक उन्मुक्ति पार्टीलाई युवा तथा खेलकुद मन्त्रालय, जनता समाजवादी पार्टीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहमती भएको छ ।
बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु आएका छन् । तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत सत्ता गठबन्धनका नेताहरु रहेका थिए ।